रविको चिन्ता- यो चार पाँच वर्षमा हामीलाई पनि अरूजस्तै हुन् भन्ने भाष्य प्रमाणित गरिन्छ कि भन्ने डर छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अबको चार पाँच वर्षमा आफूहरू पनि अन्य पार्टी जस्तै हुन् भन्ने भाष्य खडा हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

रास्वपा बुढानीलकण्ठ नगर भेलालाई सम्बोधन गर्दै उनले अबको केही वर्षमै यस्तो भाष्य प्रमाणित हुन्छ कि भन्ने डर भएको बताए।

संसदमा रास्वपा पनि एमालेको पछि लाग्यो भन्ने आरोप लागेपछि त्यसको खण्डन गर्दै जनताको मुद्दाको लागेको बताए । उनले भने, ‘जुन भाष्य खडा गर्न खोजिएको छ त्यो सत्य होइन हामी कसैको पछि लागेका छैनौँ लाग्दैनौँ पनि।’

उनले मिसन ०८४ का लागि पार्टीमा जुनसुकै पार्टीका भए पनि राम्रो मान्छेहरूलाई ठाउँ खुला रहेको बताए।

आफूहरूले भ्रष्टाचारको मुद्दा अघि सारेपछि अहिलेजस्तो भ्रष्टाचारबारे चर्चा कहिल्यै नभएको जिकिर गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *