गृहमन्त्रीलाई एमालेको प्रश्न- मिटरब्याजीलाई कारबाही गर्ने विधेयक किन ल्याइएन ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेले आफूहरुको कारणले मिटरब्याज सम्बन्धी विधेयक रोकेको भनेर सरकारले भ्रम छरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले आज विधेयक किन नल्याएको भन्दै प्रश्न गरे ।

उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भने, ‘आज उपप्रधान तथा गृहमन्त्रीजी पनि देखिनुभएन । उहाँले बाहिर धर्ना बसेको ठाउँमा गएर एमालेले रोक्यो, जसले रोकेपनि यो विधेयकलाई म अगाडि बढाउँछु । भनेर भनेको विधेयक सत्तापक्षले एमालेले सदन अवरुद्ध गरेर मिटरब्याजी विरोध विधेयक चाहिँ रोक्यो भनेर आरोप लगाएर बाहिर भ्रम छर्ने प्रयास भयो । तर, आज हामीले हाउस रोकेको छैन । कहाँ गयो विधेयक ?’

उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।

 

Comments

One response to “गृहमन्त्रीलाई एमालेको प्रश्न- मिटरब्याजीलाई कारबाही गर्ने विधेयक किन ल्याइएन ? (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    देशको सार्वभौमिकतामाथि धावा बोल्ने प्रधानमन्त्रीलाई घुँडा टेकाएर माफ माग्न बाध्य पार्न एमालेले गरेको संसद अवरोधलाई केही भारतीय दलालहरूले एमालेले मिटर व्याजीसम्बन्धी विधेयक ल्याउन दिएन भनेर लैनचौरबाट खाएको हण्डी पचाए । ती भारतीय नोकरहरू अहिले कुन दुलोमा छन् ? संसद खुलेको त धेरै दिन भयो । खै विधेयक ? अनि ती हण्डी खाएकाहरू खै बोलेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *