जंगली च्याउ खाँदा बालकको मृत्यु, तीनजना बिरामी

रूपन्देही । रोल्पामा जंगली च्याउ खाँदा एक बालकको मृत्यु भएको छ । लुङ्ग्री गाउँपालिका-५ बुझिङका ६ वर्षीय बालक प्रेम गुरुङको मृत्यु भएको वडाध्यक्ष रिखबहादुर रोकाले जनाएका छन् ।

असार २६ गते बुझिङ कालोपहर बस्ने दुर्गे गुरुङको श्रीमती ३३ वर्षकी भीमा गुरुङ, ११ वर्षका सुशिल गुरुङ र वर्ष ६ को प्रेम गुरुङले च्याउ खाई बिरामी परेका थिए । ​

गम्भीर बिरामी परेका उनीहरूमध्ये प्रेमको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बिरामी परेका दुईको अवस्था चिन्ताजनक रहेको छ । भीमाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतारमा रहेको र आएपछि मृतक प्रेमको दाहसंस्कार गरिने वडाध्यक्ष रोकाको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *