राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरेको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेकोमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभाका सांसदहरूले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेश गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताए । अहिले पनि नेपालमा सुर्तीजन्य वस्तुमा उच्च कर नै रहेको महतले बताए । करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने महतले अर्थमन्त्रीले बताए ।

अहिले मूल्यवृद्धि घट्दै गएको र सकारात्मक दिशातर्फ मुलुकको अर्थतन्त्र अगाडि बढेको उनको भनाइ थियो ।

राष्ट्रियसभाको अर्को बैठक साउन १ गते बोलाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *