काठमाडौं । ललिता निवास प्रकरणमा प्रति नेपाल जग्गा तथा आवास विकास महासंघले आपत्ति जनाएको छ ।
बिहीबार महासंघले एक विज्ञप्ती जारी गर्दै प्रकरणमा घरजग्गा व्यवसायी धरासायी र अनाहकमा प्रताडित हुने भन्दै सम्बन्धित सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउदै आपत्ति जनाएको हो ।
अख्तियारबाट दायर आरोप पत्रमा जग्गा तह तह खरिद बिक्री भई आएको जग्गालाई कुनै फौजदारी दावी अर्थात भ्रष्ट्राचार एवं हिनामिना गरेको दावी नभएको परिप्रेक्ष्यमा समेत तह तह विशुद्ध जग्गा खरिद बिक्री गर्ने व्यक्तिलाई एउटै कशीमा राखी हेर्न नमिल्ने महासंघको भनाई छ ।
महासंघले घरजग्गा व्यवसायी एवं खरिद बिक्री गर्ने व्यक्तिलाई फौजदारी दायित्व बहन प्रकृतिबाट हेर्दा घरजग्गा व्यवसायीहरु धरासायी हुन पुग्न जाने र अनाहकमा प्रताडित समेत हुने भएकोले सम्बन्धित सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउदै सम्बन्धित अनुसन्धान एवं अभियोजनकर्ताको समेत ध्यानाकर्षण हुन आवश्यक भएको बताएको छ ।
‘जग्गा खरिद गर्दा लाग्ने राजस्व (पास खर्च) समेत खरिदकर्ता, विक्रीकर्ताबाट रकम बुझि पारित हुने जग्गा मालपोत कार्यालयमा रहेको रेकर्ड, अभिलेखसँग भिडाई, भिडेको तथ्य प्रमाणित गरी साबिक मुलुकी ऐन, रजिष्ट्रेशनको महलको १ नं. बमोजिम तथा मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १४, दफा ४६६, ४६४ समेतको व्यवस्था तथा मालपोत ऐन २०३४ को दफा ८ बमोजिम हक हस्तान्तरण हुने गरी रजिष्ट्रेशन पारित हुने व्यवस्था भएकोले सोही कानूनका आधारमा जग्गा खरिद बिक्री हुने कुरामा विवाद रहित छ’, विज्ञेप्तिमा उल्लेखीत छ ।
त्यसैगरी, प्रचलित कानून अनुसार तह तह हक हस्तान्तरण भएका जग्गाको पहिलो दर्तावाला अर्थात साविक दातासँग तह तह खरिद बिक्री हुँदै आएका अवस्थामा पछिल्ला विशुद्ध खरिदकर्ताले साविकको दाता र निजको स्वामित्वको विषयमा के कसरी हुन आएको भन्ने कुरा सहजै थाहा वा जानकार हुन नसक्ने भएकोले अड्डामा रहेको मोठ कायम, रोक्का नभएको र नक्सा चुस्त र दुरुस्त रहेको व्यहोरा प्रमाणित गरी दिने नापी तथा मालपोत कार्यालय जस्ता सरकारी निकायबाटै भएको रजिष्ट्रेशन पारित लिखतलाई अन्यथा सम्झने कुरा नहुँदा विश्वासका आधारमा तह तह खरिद बिक्री भएको कुरालाई अन्यथा मान्न सकिने अवस्था नहुने महासंघले जनाएको छ ।
प्रमाणित नभएसम्म नेपाल सरकार अन्तर्गतको अड्डामा कायम भएको दर्ता श्रेस्तालाई कसैल पनि आशंका गर्दैन र गर्नु पनि नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति:


Leave a Reply