काठमाडौं । नेपाली युवायुवतीलाई आकर्षक रोजगारीका नाममा म्यानमार पुर्याएर अनलाइन ठगीमा लगाउने गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
थाइल्याण्डमा आकर्षक रोजगारीमा लगाइदिने भन्दै म्यानमार पुर्याएकी नेपाली युवतीले गिरोहले भने जति रकम तिरेर नेपाल फर्किएपछि प्रहरीले चिनियाँ नागरिक ४२ वर्षीय लियाङ जुनलाई पक्राउ गरेको हो ।
जुन सन् २०१८ देखि नेपालमा विद्यार्थी, भिजिट र बिजनेसलगायत भिसामा बस्दै आएको र नेपालबाट युवायुवतीलाई म्यानमारमा लगेर अनलाइन ठगीमा संलग्न गराउने गरेको मानव बेचबिखन अनुसन्धान व्युरोले जनाएको छ ।

Leave a Reply