पोखरा महानगरपालिका- १३ ले भोलिदेखि नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं । पोखरा महानगरपालिका- १३ ले भोलि देखि एम्बुलेन्स सेवाको सुरुवात गर्ने भएको छ । वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले शुक्रबारदेखि सेवा सुचारु गर्न लागेको हो ।

वडाअध्यक्ष किरण बरालले शुक्रबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याइने जानकारी दिए । ‘वडाबासीलाई पोखराको जुनसुकै अस्पतालमा एम्बुलेन्सले निःशुल्क सेवा दिनेछ,’उनले भने ।

निर्वाचनका बेला गरिएका घोषणालाई कार्यान्वयन गर्न लागिएको बरालले बताए । बिरामी पर्दा बिरामीले सहजै उपचार पाउन भन्ने उद्देश्यले एम्बुलेन्स चलाउन लागिएको उनको भनाइ छ ।

Comments

One response to “पोखरा महानगरपालिका- १३ ले भोलिदेखि नि:शुल्क एम्बुलेन्स सेवा दिने”

  1. Baba krishna and mummy gyanu Avatar
    Baba krishna and mummy gyanu

    Very nice chhora. Do like this continue for public. It is great step .keep it up mero chhora.

Leave a Reply

Your email address will not be published. Required fields are marked *