‘हात्तीछाप’ को सेटबाट बाहिरियो सौगातको लुक्स

काठमाडौं । असारको २४ गतेबाट छायांकन प्रारम्भ भएको फिल्म ‘हात्तीछाप’को सेटबाट नायक सौगात मल्लको लुक्स बाहिरिएको छ ।

सौगातको लुक्स बाहिरिएसँगै फिल्मप्रति आम मानिसको कौतुहलता र उत्साह अझै बढ्ने देखिन्छ ।

सौगात मल्लको लुक्स राजाको छ । राजाको गेटअपमा देखिएका सौगातको लुक्सले फिल्मको कथा के हो भन्ने अनुमान लगाउन आम मानिसहरूलाई अझै गाह्रो पर्ने देखिन्छ ।

किनकि, सौगातले फिल्ममा राजाको भूमिकामा काम गर्दै गर्दा फिल्मको पहिलो दिनमा अर्का नायक दयाहाङ राई ग्यारेजमा भेटिएका थिए ।

निर्माता किरण नेपालीका अनुसार फिल्मको सेटमा नायक सौगात मल्ल र नायिका उपासना सिंह ठकुरी आजबाट जोडिएका छन् ।

फिल्मको पहिलो दिन नायक दयाहाङ राई र कलाकार कमलमणी नेपालले टेक दिएका थिए ।

प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन छ ।

सामाजिक कथावस्तुमा बनिरहेको यो फिल्मलाई १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिचिनेछ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *