पार्टीका पछिल्लो गतिविधिबारे ओलीले गरे पार्टी उपाध्यक्षहरुसँग छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्षहरुसँग छलफल गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष र महासचिव शंखर पोखरेलसँग छलफल गरेका हुन् ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक परिवेश, असार ३० गते बोलाइएको सचिवालय बैठकलगायतको विषयमा छलफल भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजन गर्नेगरी जिम्मेवारी दिइएको थियो । त्यसको पछिल्ला गतिविधिबारे उहाँले चासो राख्नुभएको थियो । हामीले अहिलेसम्म भएका उपलब्धिबारे जानकारी गरायौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *