उद्धव थापाको बर्खास्तीको माग राख्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाई सुरु

विराटनगर । कोशी प्रदेश सरकारको बर्खास्तीको माग राख्दै सवोच्चमा परेको रिट निवेदनका विषयमा सुनुवाई सुरु भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा न्यायधीश सपना मल्लको इजलासमा सुनुवाइ सुरु भएको हो ।

लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज मल्लको इजलासको १८ औं नम्बरमा रहेको थियो ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई, सोमबार सुष्मालता माथेमा र मंगलबार न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको मुद्धा हेर्न नभ्याइनेमा राखिएको थियो ।

कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले असंवैधानिक तरिकाले प्रदेशमा मुख्यमन्त्री नियुक्त गरेकाले त्यसलाई बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसार आफुलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश माग गरेका छन् ।

एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको छ ।

एमालेको तर्फबाट बरिष्ठ अधिवत्ता शम्भू थापा, डा। भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा। सूर्य भण्डारी, टिकाराम भट्टराई, केदार दाहाललगायतका बरिष्ठ अधिवत्ताले बहस गर्ने भएका छन् । तर, माथेमाको इजलासको २४ औँ नम्बरमा मुद्धा रहेकाले आज पनि हेर्न नभ्याइनेमा पर्ने सक्ने सम्भावा छ ।

Comments

One response to “उद्धव थापाको बर्खास्तीको माग राख्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाई सुरु”

  1. विवश Avatar
    विवश

    ‘तर, माथेमाको इजलासको २४ औँ नम्बरमा मुद्धा रहेकाले आज पनि हेर्न नभ्याइनेमा पर्ने सक्ने सम्भावा छ ।’

    आजकाल नेपालप्रेसमा लेखिसकेपछि हेर्ने मान्छे छैनन् की क्याहो । अस्ति एउटा समाचारमा १७ ठाउँमा अशुद्द अपूरो वाक्य थियो । आज यस्तो छ । सुनुवाइ सुरु भयो की भएन मल्लकी माथेमा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *