पार्टी कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीको निधन भएकोप्रति पार्टी कार्यालयमा दुई दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय सल्लाहकार समेत रहेकी सीताको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको महासचिव देव गुरुङले बताए।

सीताको आज बिहान निधन भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *