एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको मात्र राष्ट्रिय टोली

काठमाडौं। बिहीबारदेखि सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको मात्र सिनियर राष्ट्रिय टोली सहभागी हुने भएको छ।

प्रतियोगितामा सहभागी हुने एसियाका ५ टेस्ट राष्ट्र र अन्य दुई एसोसिएट राष्ट्रले ए टीम पठाएका छन्।

प्रतियोगिताअन्तर्गत समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, ओमान ‘ए’ र श्रीलंका ‘ए’ रहेका छन्। समूह बीमा भारत ‘ए’, पाकिस्तान ‘ए’, यूएई ‘ए’ र नेपाल छन्। नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्दै छ।

एसियाका ५ टेस्ट राष्ट्रका टीम र एसीसि प्रिमियर कपका शीर्ष तीन टोलीले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न लागेका हुन्।

यो प्रतियोगिताका अघिल्ला चार संस्करणमा टेस्ट टोलीले यू-२३ राष्ट्रिय टोली पठाएका थिए।

पाकिस्तान साविक विजेता हो भने श्रीलंकाले दुई र भारतले पनि एकपटक यो प्रतियोगिता जितेका छन्।

नेपालले यो प्रतियोगितालाई आसन्न एसिया कपको तयारीका रुपमा हेरेको छ।

नेपाली टोलीमा पनि सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, करन केसी र आरिफ शेखलाई आराम दिइएको छ।

नेपालले एसीसि प्रिमियर कप विजेता र एसियाका ५ टेस्ट राष्ट्र सहभागी हुने एसिया कप आगामी महिला खेल्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *