प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की  सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्।

बुधबार उपचारको क्रममा प्रधानमन्त्री पत्नी दाहालकोको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’

बुधबार बिहान सीताको नर्भिकमा निधन भएको थियो ।

Comments

One response to “प्रधानमन्त्री पत्नी सीता दाहालको निधनप्रति ओलीद्वारा दुःख व्यक्त”

  1. Indira Rai Avatar
    Indira Rai

    कमरेड स्व. सीता दाहाल भनेर लेख्न चाहिँ के ले दिएन छ ? कम्युनिष्ट भन्नेहरुमा आदारभाव शव्दहरुको खडेरी गएकै हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *