सीता दाहालकाे राजकीय सम्मानसहित अन्त्येष्टि गर्न गृहको सिफारिस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ ।

दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले नेपाल प्रेसलाई बताए ।

मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए । लामाे समयदेखि बिरामी रहेकी  दाहालकाे आज बिहान  नर्भिक अस्पतालमा निधन भएकाे थियाे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *