ओलीको विरोधमा जन्मिएको ‘इनफ इज इनफ’ अभियान बालेनविरुद्ध जाग्दै

काठमाडौं । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लकडाउनका बेला आन्दोलन गर्न संगठित बनेको ‘इनफ इज इनफ’ अभियान लामो समयपछि फेरि जागेको छ ।

यसपटक भने ओलीविरुद्ध होइन काठमाडौं महानगरपालिकाका मेयर बालेनविरुद्ध यो अभियान जागेको हो । बालेन नेतृत्वको महानगर प्रहरीले सडकमा ब्यापार गर्ने श्रमिकलाई अमानवीय व्यवहार गरेको भन्दै त्यसका विरुद्ध बुधबार महानगरको गेटमा प्रदर्शनका लागि यो अभियानले ह्यासट्याग चलाएको छ ।

बालेनले गाएको र्‍याप गीत ‘गरीबको चमेली बोल्दिने कोही छैन’ भन्ने लाइनलाई नै ह्यासट्याग बनाएर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । बलिदान चलचित्रको उक्त जनवादी गीतलाई बालेनले र्‍याप भर्सन बनाएका थिए ।

गरिखाने जनता र सडक व्यापारीविरुद्ध महानगरको दमनको विरोध गर्न भन्दै सो अभियान ब्यूँत्याइएको हो । विगतमा ओलीविरुद्ध खडा भएका पात्रहरुले नै अहिले बालेनविरुद्ध यो आह्वान गरेका हुन् ।

यसमा केही कलाकारलाई समेत समेटिएकोमा उतिबेलै सुरक्षा पन्त लगायतले आफूहरुको अभियानलाई राजनीतिक बनाइएको भन्दै अलग भएको घोषणा गरेका थिए ।

यो अभियानमा ट्वीटरमा सक्रिय केही संगठित व्यक्तिहरु छन् ।

Comments

2 responses to “ओलीको विरोधमा जन्मिएको ‘इनफ इज इनफ’ अभियान बालेनविरुद्ध जाग्दै”

  1. Mr.Alone Avatar
    Mr.Alone

    गरी खान लाइ धेरै ठाउहरु छन सडक मै ब्यापार गर्न पाउनु पर्छ? सभ्य बन्न सीकौ राम्रो कुराको कदर गर। यो बिरोध सही छैन।

  2. Gb Rai Avatar
    Gb Rai

    सडकमा ठगेर लापरबाही गर्नेहरुलाई लखेट्नु गरिबलाई लखेटेको हाेइन, बरु भाडा तिर्न कर तिर्न नपर्ने सित्तैमा कमाई गर्न पाइने लाेभिहरुलाइ चाहिँ लखेटिएको हाे, अझै जाे चाेर उस्कै ठुलो स्वर? अनि उक्साउने पत्रकार?

Leave a Reply

Your email address will not be published. Required fields are marked *