ओलीको दाबी- हामी अहिले सरकारमा जान टेको खोज्दैनौं, २०८४ मा एक्लै बहुमत ल्याउँछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए ।

उनले भने, ‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो । गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ । त्यसैले उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन् अहिले उनीहरु उस्तैउस्ताहरु मिलेका छन् । हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छै्रनौं । हामी ग्रासरुटमा लाग्यो। अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्यो गर्नु छैन ।’

कुनै परिणाम ननिस्कले ठाउँमा गन्तव्य भएको पार्टी नलाग्ने प्रष्ट्याए ।

Comments

One response to “ओलीको दाबी- हामी अहिले सरकारमा जान टेको खोज्दैनौं, २०८४ मा एक्लै बहुमत ल्याउँछौं”

  1. पारस कार्की Avatar
    पारस कार्की

    अति सुन्दर! ऑट भनेको यस्तै हुन पर्छ। तर खोकेर मात्र हुदैन, सभापतिज्यू। तपाईका अन्ध भक्तहरूबाट पूजिन छाड्नुस। यथार्थ बुझ्नुस। अन्धभक्तहरूले तपाईका आखामा पट्टि लगाएर पार्टी बिगार्न तत्पर भैसके। आफ्नो विरूद्ध उठेका शब्दहरूको सामना गर्नुस, अनि न्याय गर्नुस। विरोधका आवाजले तपाईलाई अझै बलियो बनाउछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *