अनुभवी पाइलट चेतबहादुर गुरुङले उडाएका थिए मनाङ एयरको हेलिकप्टर

काठमाडौ । मङ्गलवार सवा १० बजेबाट सम्पर्क बिच्छेद भएको मनाङ एयर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए । गुरुङ निकै अनुभवी पाइलट हुन् ।

उनी निकट स्रोतका अनुसार उनले सन १९९८ देखि उडान शुरु गरेका थिए । पछिल्लो १० वर्ष यता भने गुरुङ मनाङ एयरमा आबद्ध थिए । उनी ५४ वर्ष भएको जनाइएको छ ।

नाइनएनए/एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको छ ।

सोलुदूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लाम्जुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले नेपाल प्रेसलाई बताए ।

अल्टिच्युट एयरमार्फत हेलिकप्टरको खोजी भइरहेको छ । हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेका थिए ।

पाइलट मात्र नेपाली र बाँकी सबै मेक्सिकन नागरिक भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले बताए ।

Comments

One response to “अनुभवी पाइलट चेतबहादुर गुरुङले उडाएका थिए मनाङ एयरको हेलिकप्टर”

  1. पारस कार्की Avatar
    पारस कार्की

    डलर खेतीको नतिजा। देशमा बाढी पहिरो गएर जनताले दु:ख पाएको ठाउमा खाद्दयान्न, ओखती र राहत सामान लैजान पर्ने बेला डलरको महत्व बढी भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *