काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टरसँग सम्पर्क विच्छेद भएको छ ।
नाइनएनए-एमभी कलसाइनको हेलिकप्टर सम्पर्कविच्छेद भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले केही समय चालकसँग सम्पर्क भएपनि हेलिकप्टर सवा १० बजेदेखि सम्पर्कविहीन भएको बताए ।
कतै ल्याण्ड भएर पनि सम्पर्क गर्न नसकिएको हुन सक्ने उनको भनाइ छ । हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बताइएको छ ।
बीचमा एकपटक भाइबरमा सम्पर्क भएपनि अहिले पुन: हेलिकप्टर सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ ।
अहिले स्याटेलाइट माध्यमबाट सम्पर्कको प्रयास भइरहेको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार अहिलेसम्म त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने भएपनि हेलिकप्टर सम्पर्कमा नआएको हो ।

Leave a Reply