काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले अस्वस्थ मन्त्रालयलाई स्वस्थ मन्त्रालय बनाएको दाबी गरेका छन् ।
सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलन बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले आफू मन्त्री भएर आए पश्चात मन्त्रालयको स्वरुप नै परिवर्तन गरेको बताए ।
उनले स्वास्थ्य मन्त्रालय अस्वास्थ्य मन्त्रालय जस्तै रहेकोमा बजेटको व्यवस्थापन गरी रङ रोगनदेखि सरसफाईको काम गरेको बताए ।
उनले स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्वीकृत दरबन्दी अनुसार स्वास्थ्य सेवाका कर्मचारीहरुको व्यवस्थापन गर्ने निर्णय गरेको बताए ।
उनले चिकित्सक तथा स्वास्थ्यकर्मीको कामकाज व्यवस्थापन सम्बन्धमा ७ बुँदे निर्णय गरेको बताए ।
उनले मन्त्रालयले कर्मचारी समायोजन पश्चात स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत्तत् स्थानीय तहमा साउन १ गतेदेखि लागू हुनेगरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिनुपर्ने व्यवस्था गरेको बताए ।
उनले प्रदेश तथा स्थानीय तहहरूमा समायोजन भई समायोजन भएको तहमा रमाना लिई नगएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई समायोजन भएको निकायमा ७ दिनभित्र रमाना दिई जानकारी दिनसमेत निर्देशन दिएको बताए ।
उनले मन्त्रालयको नेतृत्व समालेपछि गरिव तथा विपन्न नागरिकको उपचारका लागि १० प्रतिशत शैय्या सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट ३ हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको उल्लेख गरे ।
उनले ६ वर्षदेखि नीतिगत बहसमा रहेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति (२०८०–२०९०) मन्त्रिपरिषदबाट स्वीकृत र नेपाल स्वास्थ्य क्षेत्र–रणनीतिक योजना (२०७९÷८० २०८७÷ ८८) मन्त्रिपरिषदबाट स्वीकृत गरिएको बताउनु भयो। मन्त्री बस्नेतले पाठेघरको मुखको क्यान्सरबिरुद्धको (एच.पी. भी.) खोप शुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको जानकारी दिए ।
त्यस्तै, पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको बताए ।
यस्तो छ मन्त्री बस्नेतको भनाइः
स्वास्थ्य मन्त्रालय छिर्ने बित्तिकै नाक थुनेर बस्नु र्ने अवस्था थियो । दायाँ बाँया कुकुरहरुको भीडभाडा दिने गरेको थियो । ब्लाकटप पनि बजेट व्यवस्थापन छैन कसरी हुन्छ भन्ने थियो । तीन हप्ताभित्रमा मन्त्रालयका सबै वाल पेन्टीङहरु गाडेन बनाउने काम, सरफाईका अरु काम सम्पन्न गरेका छौं । अब अस्वास्वस्थ मन्त्रालय होइन स्वास्थ्य मन्त्रालय बनाएको छु ।
स्वास्थ्य सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन स्वीकृत दरबन्दी अनुसार स्वास्थ्य सेवाका कर्मचारीहरुको व्यवस्थापन गर्न मन्त्री स्तरको निर्णय कार्यान्वयनको लागि पत्राचार गरिएको छ । कर्मचारी समाजोजन प्रश्चात काजमाको हो । दरबन्दीमा,स्थानीय,प्रदेश,संघमा को हो । भद्रगोल नै भद्रगोल भयो ।
८ सय भन्दा बढी कर्मचारी गएको छ । स्थानीय सरकारले दरबन्दी पठाईदिनुस् भन्ने पठाएपछि उहाँलाई सरुवा गरिदिने अवस्था छ । त्यसले संयौं कर्मचारीहरुले १० महिना देखि तलब खान नपाएको अवस्था थियो ।
सबै कर्मचारीको तलब खान दियौं । अर्थ मन्त्रालयसँग समन्वय गरेर । स्थानीय तहको समहतिको आधारमा कागमा खटाईएका कर्मचारी मध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरुलाई तोकेको स्थानीय तहमा मिति २०८० साउन १ गतेदेखि लागू हुनेगरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिने ।

Leave a Reply