काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मन्टी देशाईले आसन्न इमर्जिङ टिम्स एसिया कप नेपालका लागि एसिया कपको तयारीका रुपमा रहेको बताएका छन्।
श्रीलंकामा हुने टिम्स कपको लागि विदाई भएपछि प्रशिक्षक देशाईले लगातार व्यस्त रहनु टिमका लागि राम्रो भएको बताए। नेपाल जितको मानसिकतामा प्रतियोगितामा उत्रने उनको भनाई छ।
‘ विश्वकप छनोटमा हामी केही खेलमा नजिक पुगेर पराजित भएका थियौँ। टिम्स कपमा पनि केही टोलीका ए टिम भएपनि उनीहरु बलिया छन्। हामी जितको मानसिकतामा उत्रने छौँ’,उनले भने। नेपालले पहिलो चरणमा पाकिस्तान ए, भारत ए र यूएईसँग प्रतिस्पर्धा गर्ने छ।

Leave a Reply