सरकारले घोषणा गरेको रकम क्रिकेट खेलाडीले छिट्टै पाउँछ: खेलकुदमन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले सरकारले घोषणा गरेको पुरस्कार बापतको रकम छिट्टै पाउने बताएका छन् ।

श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ मा सहभागी  नेपाली क्रिकेट टोलीलाई विदाई  गर्ने कार्यक्रममा बोल्दै उनले नेपाली क्रिकेट टोलीले घोषणा गरेको पुरस्कार बापतको रकम छिट्टै पाउने आश्वासन दिएका हुन् ।

नेपाली खेलाडीले प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार नपाएको गुनासो गरेपछि खेलकुदमन्त्री लिम्बुले रकम दिनेसम्बन्धी फाइल अर्थमन्त्रालयमा पुगेको बताए ।

उनले भने,‘ म आएको दुई महिना भयो । मैले खेलाडीलाई पुरस्कार दिने कुराको फाइल खोतलेको थिए । अर्थ मन्त्रालयमा पुगेको छ । एक थोपा सहयोग भएपनि मन्त्रीको तर्फबाट पाउँछ । सरकारको तर्फबाट होस भन्ने चाहन्छु । प्रधानमन्त्रीज्यूले बोलेको कुरा पुयाउने जिम्मा त मैले पुरा गर्नुपर्यो नि ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *