गृहमन्त्री श्रेष्ठ र बालेनबीच डिनर मिटिङ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच डिनर मिटिङ भएको छ ।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुबीच भेटवार्ता भएको उल्लेख गरेका छन् । भेटमा जनताका मुद्दाहरुमा महत्वपूर्ण छलफल भएको उनले बताए । त्यस्तै, छलफललाई निरन्तरता दिने तथा देश र जनताका पक्षमा मिलेर परिणामुखी काम गर्ने आफूहरुबीचको सोच समान रहेको उनले लेखेका छन् ।

‘हिजो काठमाडौं महानगरपालिकाका प्रमुख वालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो । उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो’, मन्त्री श्रेष्ठले लेखेका छन्, ‘छलफललाई निरन्तरता दिने समझदारी बनेको छ । देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने हाम्रो समान सोच रह्यो ।’

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *