कोशीमा सत्तारुढ दलबीच खटपट: राजेन्द्र राई भन्छन्- यस्तै हो भने सहकार्य अघि बढ्न सक्दैन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सहमतिविपरित मन्त्रिपरिषद् विस्तार गरेको भन्दै नेकपा एसले असन्तुष्टि जनाएको छ ।

पहिलो चरणमा गठबन्धन दलका एक-एक जनामात्र समावेश गरेर मन्त्री बनाउने भनिएकोमा सहमति तोडिएको नेकपा एस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले बताए ।

उनले भने, ‘हामीले सबै दलबाट एकएक जनामात्रै मन्त्री बनाउने सहमति गरेका थियौं । तर, त्यसलाई तोडेर मुख्यमन्त्रीले थप मन्त्री नियुक्त गर्नुभयो । यसमा हाम्रो आपत्ति छ ।’

राईले यस्तै कार्य जारी रहे सहकार्य अघि बढ्न नसक्ने चेतावनीसमेत दिएका छन् ।

‘यस्तै गरिरहने हो भने हाम्रो सहकार्य अघि बढ्न सक्दैन, विश्वासको मत पनि दिँदैनौ’, राईले बताए ।

मुख्यमन्त्री थापाले आज माओवादीका दुई र कांग्रेसका एकजना मन्त्री थपेका छन् । यसअघि एकजना शुक्रबार पनि कांग्रेस र नेकपा एसबाट एक-एकजना नियुक्त भइसकेका छन् ।

Comments

One response to “कोशीमा सत्तारुढ दलबीच खटपट: राजेन्द्र राई भन्छन्- यस्तै हो भने सहकार्य अघि बढ्न सक्दैन”

  1. hari ghapa Avatar
    hari ghapa

    समाजवादी काे सिद्धान्त घुर्काउने,जुका जस्तो टासिएर वस्ने अन्तिममा लम्पसार पर्ने भन्दा वाहेक केही देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *