रुपन्देही । बुटवलको तिनाउ पुल नजिकै आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका वडा नं ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् ।
शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।
तिनाउ नदीमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Leave a Reply