धनगढी । कैलालीको धनगढीबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँबाट चार ग्राम पाँच सय मिलिग्राम लागू औषधसहित दुई जना पक्राउ परेका हुन् ।
सोही ठाउँका १९ वर्षीय रञ्जित राना र २० वर्षीय पुष्पा रानालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शान्तिनगरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय, धनगढीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी हरेको छ ।

Leave a Reply