प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले संसद् अवरुद्ध गर्नु बच्पना मात्रै : घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीकाे राजीनामा माग्दै संसद अवरोध गर्नु एमालेकाे बचपना मात्रै भएकाे बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति अनाैपचारिक भनाई भएकाे उल्लेख गर्दै उनले त्यही विषयलाई आधार बनाएर  पद सकाइदिन्छु भनेर लाग्नु मृगतृष्णा मात्र भएको उनकाे भनाई छ ।

अध्यक्ष केपी शर्मा ओली सत्तबाट बाहिरिनुकाे छटपटीले एमालेले अहिले निरन्तर संसदको अवरोध गरिरहेको उनको भनाई छ ।

उनले भने, ‘ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिराख्नु भएको छ । जुन अनुचित छ ।’

उनले प्रधानमन्त्रीले पनि बोल्दा हरेक शब्द सोचेर बोल्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक राजनीतिक हरेक शब्द सोचेर बोल्नुपर्छ भन्ने अपेक्षा राख्छु । आगामी दिनमा प्रधानमन्त्रीले अनौपचारिक वचनमा ध्यान दिनुपर्छ । प्रधानमन्त्री बोल्दाखेरि एकदमै औपचारिक भाषा बोल्नुपर्छ ।’

प्रधानमन्त्रीका बोलीका बारेमा असन्तुष्टि राख्नेहरूले पनि कसरी बोल्नुपर्छ भनेर सल्लाह दिन सक्ने तर सीमा नाघेर ज्यान नै लिन्छु भन्नु मृगतृष्णाको कुरा मात्र भएको उनले बताए ।

Comments

One response to “प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले संसद् अवरुद्ध गर्नु बच्पना मात्रै : घनश्याम भुसाल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अनि देशको सार्वभौकिता भन्ने कुरा चाहिँ दलालाई बेचेर खान दिने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *