क्रियाशिल पत्रकारको नाम काटेको भन्दै पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी

चितवन । प्रेस चौतारी चितवनले नेपाल पत्रकार महासंघ चितवनको शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको छ । शनिबार क्रियाशील पत्रकारहरुलाई बदनियतपूर्ण ढंगले कत्लेआम गर्ने गरी गरिएको निर्णय नसच्याएको भन्दै पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरेको हो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाबाट सिफारिस भई बागमती प्रदेश समितिबाट असार २१ गते चितवन शाखाको सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएकोप्रति प्रेस चौतारी चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ चितवनले सदस्यता नविकरणको नाममा प्रदेश समितिमा पठाएको नामावलीमा चितवन जिल्लामा क्रियाशील रहेका पत्रकार, पत्रकार महासंघको स्थापनामा विशिष्ट योगदान गरेका र पत्रकारिता क्षेत्रमा अनुसन्धान गरिरहेका पत्रकारहरुको नाम नै काटेर बागमती प्रदेश समितिमा पठाएको सूची तत्काल खारेजीको माग गरेको छ ।

पत्रकार महासंघ चितवनले २०८० चैत्र मसान्तसम्म २६४ जना सदस्यको विधानतः सदस्यता नविकरण गरेर रसिद समेत दिइसकेको अध्यक्ष सुवास पण्डितको भनाइ छ ।

साथै प्रेस चौतारी चितवनले थालेको न्याय प्राप्तीको संघर्षमा गोलबद्ध भइ साथ र सहयोग गर्न सबै पत्रकार र पत्रकारिता क्षेत्रमा क्रियाशिल संघसंगठनमा हार्दिक अपिल गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *