बलिउड चलचित्र आदिपुरुषका लेखकले माफी मागे

काठमाडौं । आदिपुरुषका लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् ।आदिपुरुष फिल्मले सनातनी हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरुलाई गलत रुपमा देखाएको भन्दै सवत्र आलोचना हुदाँ पनि माफी माग्न अस्वीकार गरेका लेखकले अन्ततः एक महिना पछि माफी मागेका छन् ।

‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु,’ उनले टविटरमा माफी माग्दै अगाडि लेखेका छन, ‘भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन ।’

नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो फिल्म प्रतिबन्ध लगाइएको थियो भने उनले लेखेका संवाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका बिभिन्न अदालतमा सो फिल्म बिरुद्ध मुद्धा दर्ता भएको थियो ।

टपोरी भाषामा फिल्मका संवाद राखिएको भन्दै बिबादमा परे पछि केही संबाद सच्चाए पनि लेखक शुक्लाले आलोचनाहरुको प्रतिवाद गर्दै आएका थिए, जसका कारण सो फिल्म आफनो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो ।

 

Comments

2 responses to “बलिउड चलचित्र आदिपुरुषका लेखकले माफी मागे”

  1. पारस कार्की Avatar
    पारस कार्की

    मनोज भैया, कभि अपना देशका ईतिहास भि पढा करे। अध्यात्ममे तो आप अनुत्तिर्ण हो चुके हो। आप जैसे व्यक्तित्वसे ऐसे आशा नहि थी।

  2. 9857036884 Avatar
    9857036884

    भगवान तेरेकाे माफ देसक्ता हे लिकिन मेयर बालेन नेपाली जनता तेरेकाे माफ कैसा र किउ करेगा चुतिया फेरि माफमाग बालेन से

Leave a Reply

Your email address will not be published. Required fields are marked *