रियो दि जेनेरियोले बनायो रियल म्याड्रिड स्टार भिनिसियस जुनियरको नाममा रंगभेदविरुद्धको कानुन

रियो दि जेनेरियो । ब्राजिलको रियो दि जेनेरियो सरकारले रियल म्याड्रिडका स्टार भिनिसियस जुनियरको नाममा रंगभेदविरुद्धको कानुन पारित गरेको छ।

‘भिनि जुनियर ल’ नाम दिइएको कानुनले रंगभेदी व्यवहार हुने प्रतियोगिता बन्द वा निलम्बन गर्न सक्ने व्यवस्था गरेको छ।

गत सिजन ब्राजिलियन फर्वार्ड भिनिसियस बारम्बार रंगभेदी व्यवहारको शिकार भएका थिए।

माराकानामा आयोजित समारोहमा २२ वर्षीय भिनिसियसले भनेका छन्’, आज मेरा लागि विशेष दिन हो र पक्कैपनि मेरो परिवारले गर्व गरिरहेको छ। म धेरै कम उमेरको छु र मैले यो सम्मान प्राप्त गर्ने अपेक्षा गरेको थिइनँ। ’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *