बालुवाटारमा गठबन्धनको बैठक, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ ।

केही बेर अघिबाट सुरु भएको बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषयमा पनि छलफल केन्द्रित हुनेछ ।

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

Comments

One response to “बालुवाटारमा गठबन्धनको बैठक, यस्ता छन् छलफलका एजेन्डा”

  1. Dip Rai Avatar
    Dip Rai

    The prime minister Dahal must not rendered resignation and coalition gov parties are to support him.

Leave a Reply

Your email address will not be published. Required fields are marked *