बागमती प्रदेशसभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने

हेटौंडा । बागमती प्रदेश सभा बैठक बस्दै छ । प्रदेश सभा भवन, हेटौंडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

आर्थिक वर्ष २०८/०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताए पछि बैठक सुचारु भएको थियो ।

यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा विभेद गरेको भन्दै बजेट माथि छलफल चलाउन दिएको थिएन तर बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढ्ने प्रतिबद्धता जनाए पछि बुधवारबाट बैठक सुचारु भएको हो ।

हिजोको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेट माथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।

बिहीबारको बैठकमा पनि मन्त्रीहरूले बजेट माथि उठेका प्रश्नको जवाफ दिनेछन्  ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *