खुल्यो माछापुच्छ्रे गाउँपालिका ८ को वडा कार्यालयमा लागेको ताला

पोखरा । वडाध्यक्षले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को वडा कार्यालयमा लगाएको ताला खुलेको छ ।

उपभोक्ता समितिमाथि कुटपीट गर्ने वडाध्यक्षविरुद्ध जाहेरी दर्ता भएपछि आफूहरुले ताला खोलेको माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान प्रमुख तथा नेकपा एमाले नेता कर्ण गुरुङले जानकारी दिए ।

‘हाम्रो माग नै वडाध्यक्षलाई कारवाही गर्न जाहेरी दर्ता होस् भन्ने थियो । अहिले जाहेरी दर्ता भइसकेको भन्ने भएपछि ताला खोलिएको हो’, उनले भने ।

वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै नेकपा एमाले माछापुच्छ्रे ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *