रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, उहाँहरुका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए । विपक्षी एमालेले लगातार रुपमा सदन अवरुद्ध तथा मंगलबार बहिस्कार गरेपछि हिजो राती भएको वार्ताले सदन संचालन गर्ने सहमति भएको थियो । मुख्यमन्त्री चौधरीले विपक्षीले उठाएका विषय सदनमा बोल्ने सहमति भएको थियो ।
सदनमा बोलदै मुख्यमन्त्री चौधरीले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिनेसमेत विचार राखेका थिए । ‘प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था छ”, उनले भने “यस्तो अवस्थामा सहमति र सहकार्य गरेर अघि बढ्नु अहिलेको आवश्यकता हो ।’
साथै उनले सभामा मर्यादित भाषामा बोल्न सुझाव दिए । मुख्यमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले पनि छलफलमा भाग लिएको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ ।

Leave a Reply