काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको विमानस्थल परिसरमा रहेको मानवीय सहायतास्थलको निरीक्षण गरेका छन् ।
बुधबार विपद् व्यवस्थापनको तयारीस्वरूप स्थापना गरिएको मानविय सहायतास्थलको गृहमन्त्री श्रेष्ठले निरीक्षण गरेका हुन् । श्रेष्ठले मानवीय सहायतास्थलमा रहेका सामाग्रीका साथै आवश्यक तयारीका बारेमा जानकारी लिए ।
प्राकृतिक विपत्तिको उच्च जोखिमलाई मध्यनजर गर्दै छिटो उद्धार र राहतका सामाग्री लिएर जान सहज होस् भनेर मानवीय सहायतास्थल बनाइएको गृहमन्त्री श्रेष्ठले बताए । यसअघिको अनुभवबाट शिक्षा लिँदै मानवीय सहायतास्थललाई सुधार गरेको र तयारीका काम पनि धेरै भएको उनको भनाइ छ ।
विपद्पछि तुरुन्त सामाग्री पठाउन सहज हुने विभिन्न ११ स्थानमा मानवीय सहायतास्थल स्थापना गरिएको छ ।

Leave a Reply