गुल्सनको बलमा डेन्जरम्यान स्टर्लिङ बोल्ड आउट, आयरल्यान्ड दबाबमा

काठमाडौं। विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भइरहेको खेलमा नेपालविरुद्ध २ सय ६९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्ड दबाबमा देखिएको छ। आयरल्यान्डले १२ ओभरमा ३ विकेट गुमाएर ६० रन जोडेको छ।

विस्फोटक ब्याट्सम्यान पल स्टर्लिङ १५ रन जोडे‍र आउट भए। उनलाई गुल्सन झाले तेस्रो विकेटका रुपमा आउट गरेका हुन्। गुल्सनले ३७ रनको साझेदारी पनि तोडे।

आयरल्यान्डका एन्डी म्याकब्राइन १७ र कप्तान एन्डी बालबिर्नी १ रनमा आउट भए। नेपालका करन केसी र किशोर महतोले पनि एक एक विकेट लिएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *