८ स्रष्टालाई दियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘सम्मानार्थ सदस्यता’

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ८ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्रदान गरेको छ ।

सोमबार बिजी ब्याङ्क्वेट गंगबुमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले सम्मान सहित सदस्यता प्रदान गरेको हो ।

‘सम्मानार्थ सदस्यता’ प्राप्त गर्नेमा नन्द कृष्ण जोशी, प्रेमदेव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाल रहेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर बिरही गुरुङ, पूर्वअध्यक्ष तथा संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोतम न्यौपाने, चन्द्र शर्मा, सल्लाहकार नारायण रायमाझी उज्वलजंग ठकुरी, रामचन्द्र कोइराला, आरसि कोइराला, रमेश बाबु श्रेष्ठ, कृष्ण कडेल, राधाकृष्ण पाठक, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर लगायतले सम्मान ‘सम्मानार्थ सदस्यता’ प्रदान गरे ।

गायिका हरिदेवी कोइराला अस्वस्थता र रामप्रसाद खनाल अमेरिकामा रहेकोले कार्यक्रममा सहभागी हुन सकेनन् ।

कार्यक्रममा सम्मानित गायक कुमार बस्नेत, शम्भु राई, प्रेमराज महत लगायतले सम्मानका लागि प्रतिष्ठानलाई धन्यवाद दिँदै आफ्नै घर ठानेको प्रतिष्ठानमा औपचारिक रुपमै भित्रिन पाउँदा खुशी मिलेको धारणा राखे ।

त्यस्तै, प्रमुख अतिथि अम्बर विरही गुरुङले प्रतिष्ठानको बर्तमान कार्यसमितिले उल्लेख्य रचनात्मक काम गरेको र यसरी अग्रजलाई सम्मान गर्दै प्रतिष्ठानको ओझिलो परिवार बनाउन तल्लिन अध्यक्ष लगायत सिंगो कार्यसमितिलाई धन्यवाद दिए ।

पूर्व अध्यक्ष एवं संरक्षक प्रजापती पराजुली, दुर्गा रायमाझी, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, नारायण रायमाझीले प्रतिष्ठान र लोक गीतसंगीतको विषयमा धारणा राखेका थिए ।

गायक कृष्ण गन्धर्व र प्रेमदेव गिरीले गीत गाएर खुशी व्यक्त गरेको कार्यक्रममा सम्मानार्थ सदस्यहरुको कालजयी गीत गायक गायिका पशुपति शर्मा, रामजी खांड, राधिका हमाल, कृष्ण रेउले, रमेशराज भट्टराई, पूर्णकला बिसी, शिरीष देवकोटा, जुना श्रीष, शान्ती श्री, रेशम निर्दोश लगायतले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रजको सम्मान हामीले नगरे कस्ले गर्ने भन्दै अग्रजको सम्मान बुवाआमा र भगवानको सम्मान भएको बताइन् ।

लोक तथा दोहोरीगीत प्रतिष्ठानका थुप्रै सदस्यहरुको उपस्थिती कार्यक्रममा रहेको थियो ।

लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ बितरण निर्णय प्रतिष्ठानले केही अगाडि कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले गरेको थियो ।

उक्त बैठमा प्रतिष्ठानले अग्रज संगीतकार नारायण रायमाझीको ‘सांगीतिक साँझ’ समेत आयोजना गर्ने निर्णय गरेको थियो । रायमाझीको सांगीतिक साँझ आगामी भदौं महिनामा आयोजना हुनेछ ।

Comments

One response to “८ स्रष्टालाई दियो राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘सम्मानार्थ सदस्यता’”

  1. KB Gurung Avatar
    KB Gurung

    Raju Pariyar ko name katai suniyena….naya hosh ya purana jati Raju ko den xa lokgeet ma teti kasaiko pani xaina….

Leave a Reply

Your email address will not be published. Required fields are marked *