घुस नखाने न्यायाधीश र कर्मचारीहरू हामीदेखि आत्तिनु पर्दैन : बार अध्यक्ष घिमिरे

काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले खुस नखाने न्यायाधीश र कर्मचारीहरू नडराउन र नआत्तिन आग्रह गरेका छन्।

‘देशभर रहेका न्यायालयका इमानदार न्यायाधीश र कर्मचारीहरू हाम्रो अभियानबाट डराउनु पर्दैन। आत्तिनु पर्दैन। तपाई हाम्रो साथी हो’, ललितपुर जिल्ला अदालतबाहिर आयोजित विरोध कार्यक्रममा बार अध्यक्ष घिमिरेले भने, ‘घुस खोरविरुद्धको अभियान हो, घुस नखाने र भ्रष्ट्राचार नगर्नेहरू आत्तिनु पर्दैन, तपाईँहरू यो अभियानको साथी हो। इमानदार र निष्पक्ष न्याय गर्नेहरूको साथी हो। उहाँहरूको पक्षमा नेपाल बार छ।’

बार अध्यक्ष घिमिरेले आन्दोलन कुनै कर्मचारी वा न्यायाधीशविरुद्ध नभएर भ्रष्ट्राचारविरुद्ध रहेको बताएका छन्।

‘कुनै कानुन व्यवसायी घुस खुवाउँछ भने उनीरुद्ध पनि यो अभियान हो। घुस खाने र खुवाउने हाम्रो साथी हुन सक्दैन घिमिरेले भने।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *