काठमाडौं । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङसँग हातपात गरेको प्रकरणमा पक्राउ परेका अधिवक्ता अमिर लामिछाने साधारण तारेखमा रिहा भएका छन् । लामिछाने सीडीओको आदेशअनुसार तारेखमा छुटेका हुन् ।
नेपाल बार एशोसियसनले भोलिदेखि देशव्यापी हड्ताल गर्ने चेतावनी दिएलगत्तै लामिछाने साधारण तारेखमा रिहा भएका हुन् । उनले प्रेमिकाले आफूमाथि कुटपिट गरेको भन्दै आइतबारै जाहेरीसमेत दिएका थिए ।
लामिछाने साधारण तारेखमा जिल्ला प्रहरी परिसर ललितपुरबाट रिहा भएको उच्च अदालत पाटन बारका सदस्य राजाराम घिमिरेले बताए ।

Leave a Reply