काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।
शुक्रबार मात्रै १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबि सुन भने प्रतितोला १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

Leave a Reply