नासु प्रेमिका कुटिएको विरोधमा देशभरका अदालतमा कर्मचारीको हड्ताल,सेवाग्राही मर्कामा

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत कर्मचारी प्रेमिका तामाङलाई कानून व्यवासायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् ।

चारवटा कर्मचारी संगठनहरुको आह्वानमा आज विहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म आह्वान गरिएको हड्तालका कारण अदालतका कामकारवाही प्रभावित भएका छन् ।

प्रहरीले नासु प्रेमिका तामाङमाथि अभद्र व्यवहार गर्ने लामिछानेलाई पक्राउ गरि कारवाही अघि बढाइसकेको छ । तर कर्मचारी संगठनले गरेको हड्तालका कारण सर्वसाधारण मर्कामा परेका छन् ।

कर्मचारीले काम बन्द गरेका कारण न्याय सम्पादन सम्बन्धी सबै काम अवरुद्ध भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *