दाङमा दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

दाङ । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछाम हाल घोराही–१७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा–३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ । ‘तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन । तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो’, पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भनिन् ।

सोही घरमा परियारसँग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे । शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार सङ्घ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

Comments

One response to “दाङमा दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ”

  1. Suraj B.k Avatar
    Suraj B.k

    जात कै कारणले कहिलेसम्म हेपिएर बस्नु पर्ने ?यस्तो निच सोच भएका पशुहरु अझै पनि जीवितै छन । यस्ता किसिमका जातीय विभेद गर्ने पाखन्दी पशुहरुले के चाहन्छन् ? किन मान्छे मान्छे बिच भेदभाव गर्छन् । जातीय भेदभाव विभेद हटाउन लाई के हतियार नै उठाउनु पर्ने होर । सरकारले यो कुरामा समयमै ध्यान पुर्याउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *