काठमाडौं । संसदीय पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा दुई प्रतिस्पर्धी उम्मेदवार तुलसी सापकोटा र बिष्णु खड्कालाई पछि पार्दै सत्याल निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार सत्यालले ६३ मत पाएर बिजयी भएका छन् । प्रतिस्धर्पी सापकोटाले २७ मत र बिष्णुले ४४मत पाएका छन् ।
उपाध्यक्षमा किरण दाहाल र सिर्जना घिमिरे निर्विरोध निर्वाचित भएकी छन् भने महासचिवमा जयसिंह महरा र समावेशी सचिवमा सबिता शर्मा निर्विरोध निर्वाचित भए ।
त्यस्तै खुला सचिवमा गुन्जन राज गिरी बिजयी भएका छन् । कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् ।सदस्यहरुमा रघुनाथ बजगाई,कमल राज भट्ट,रोमन आचार्य,बिनोद कटुवाल र शिला तिमल्सिना निर्विरोध भएका छन् । त्यस्तै अन्जना लामिछाने,मिरा बस्नेत समावेशी सदस्य निर्वाचित भएका छन् ।

Leave a Reply