काठमाडौं । कवि टङ्क खुलाल ‘मनु मञ्जिल’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
इटहरीको एक कार्यक्रममा सांसद हरि ढकालले उनलाई पार्टीमा स्वागत गरेका हुन्। कवि मञ्जिलले पार्टी प्रवेश गरेसँगै रास्वपाको सदस्यता लिएका छन् ।
प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले २१ सिट जितेपछि रास्वपा प्रवेश गर्नेहरुकाे लहर चलेकाे छ ।

Leave a Reply