कुरान जलाउनु गैरकानूनी हैन : नेटो महासचिव

काठमाडौं । हिजो इदको दिनमा स्विडेनमा अतिवादीहरुले कुरान जलाएपछि त्यस बारेमा आएको सार्वजनिक बहसमा जोडिँदै नेटोका महासचिव जेन्स् स्टोलटेनबर्गले कुरान जलाउनु गैरकानुनी नभएको बताएका छन् ।

बिहीबारको पत्रकार सम्मेलनमा बोल्दै नेटो महासचिव स्टोलटेनबर्गले यस्तो भनेका हुन् । कुरान जलाउनु आपत्तिजनक र विराधगर्न लायक भएपनि गैरकानूनी भएको महासचिव स्टोलटेनबर्गले तर्क गरेका छन् ।

विश्वभरका मुस्लिम देशहरुले स्विडेनको कुरान जलाएको घटनामा आपत्ति जनाएका छन् । इराकमा स्विडेन राजदूतावास अगाडि व्यापक प्रदर्शन भएको थियो ।

मोरक्कोले आफ्नो स्विडेनका राजदूत फिर्ता बोलाएको छ भने जोर्डनले स्विडिस राजदूत बोलाएर आपत्ति जनाएको छ । यस्तै संयुक्त अरब इमिरेटले पनि स्विडिस राजदूतलाई बोलाएर आपत्ति जनाएको छ ।

 

Comments

2 responses to “कुरान जलाउनु गैरकानूनी हैन : नेटो महासचिव”

  1. bABURAM TIWARI Avatar
    bABURAM TIWARI

    कुरान मुस्लिम समुदायको धर्मग्रन्थ हो जलाउनपाइदैन

  2. बबुरम तिवरि Avatar
    बबुरम तिवरि

    कुनैपनि सम्परदायकोधर्मग्रन्थ जलाउनु अपराध हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *