अधिकांश देशसँग व्यापार घाटा छ, स्वदेशी उत्पादनको निर्यात बढाउनुपर्छ : मन्त्री साउद (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकको व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल निर्यात व्यवसायी महासंघसँगको भेटमा मन्त्री साउदले स्वदेशी उत्पादनको निर्यात बढाउनका लागि सरकार सहयोग गर्न तयार रहेको भन्दै निजी क्षेत्रले तत्परता देखाउनुपर्ने बताए ।

उनले भने, ‘नेपालले विभिन्न देशबाट वस्तुहरु आयात गरे पनि त्यो अनुसार निर्यात गर्न नसक्दा व्यापार सन्तुलन हुन सकेको छैन । नेपालको उत्पादित वस्तु विदेशमा निर्यात गर्नसके मात्रै मुलुकको अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि हुन्छ ।’

नेपालका उद्योगी व्यवसायीहरुले विदेशबाट सामान आयात गर्ने मात्रै नभएर नेपाली उत्पादन पनि विदेश निर्यात गर्न आवश्यक रहेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा स्तर वृद्धि गर्नको लागि गुणस्तरीय वस्तु उत्पादन गरी निर्यातमा जोड दिए ।

उनले भने, ‘अहिले नेपालले आयात गर्ने अधिकांश देशहरुमा व्यापार घाटा रहेको छ । निर्यात गर्ने वातावरणमा सरकार र निजी क्षेत्र दुवै लाग्न सकेको छैन। निर्यात प्रवर्द्धन गर्ने निकायले मजबुद हुन सकेको छैन ।’

निजी क्षेत्रको अपेक्षा अनुसार परराष्ट्र मन्त्रालयले विभिन्न देशका राजदुतहरुलाई त्यो देशको आवश्यकता हरेर नेपाली उत्पादन निर्यातको सम्भावनाका बारेमा छलफल गरी नेपाली वस्तु निर्यातको वातावरण बनाउन निर्देशन दिनसक्ने बताए । नेपाल भूपरिवेष्ठत राष्ट्र भएकाले उत्पादित वस्तु महँगो हुने गरेको बताए ।

 

Comments

One response to “अधिकांश देशसँग व्यापार घाटा छ, स्वदेशी उत्पादनको निर्यात बढाउनुपर्छ : मन्त्री साउद (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    माईक अघि उभिएर निर्यात बढाउनु पर्छ भन्दैमा बढछ ? मिहेनत गर्नुपर्छ, अध्ययन गर्नुपर्छ, अडान लिनुपर्छ, अनुगमन गर्नुपर्छ । त्यसै बढछ ? अब कताबाट दाम आउँछ ? के गरेर लुटने भनेर ध्यान नै त्यता दिएर निर्यात बढछ ? यस्ता बकम्फुस्से कुरा बन्द गर । तिमीहरूजस्ता वाहियात नेतालाई जनताले नघोक्राएसम्म देश सुध्रदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *