हिक्मतले पाएनन् विश्वासको मत, कोशीमा पनि ढल्यो एमाले सरकार (भिडिओ)

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ । सदनको विश्वास गुमाएसँगै कोशीबाट कार्की नेतृत्वको सरकार ढलेको छ ।

कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए ।

विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् ।

कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

अब नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।

Comments

One response to “हिक्मतले पाएनन् विश्वासको मत, कोशीमा पनि ढल्यो एमाले सरकार (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    जनताको मत पनि अस्थिरतालाई मलजल गर्ने खालको भयो।एक सिटका कारण अस्थिरता भयो । के गर्नु दुर्भाग्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *