ललिता निवास प्रकरणका ३ आरोपीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले प्रारम्भिक सुनुवाइपछि मौखिकरूपमा उक्त आदेश भएको बताएका थिए ।

आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको भन्दै मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले उनिहरुसहित ४ जनालाई थुनामा राखेर अनुसन्धान गर्न बुधबार ७ दिनको समय दिएको थियो ।

पक्राउ परेका अन्य ३ जना सर्वोच्च अदालतको अन्तरिम आदेश देखाएर छुटेका थिए। हदम्यादको विवादमा थुनामा राखेर अनुसन्धान गर्नु उचित नहुने भन्दै सर्वोच्च अदालतका न्यायधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले ललिता निवास प्रकरणमा संलग्न रहेको आरोप लागेका १७ जनालाई अन्तरिम आदेश दिएको थियो ।

त्यही आदेशलाई आधार मान्दै हाल हिरासतमा रहेकाले पनि आफुहरूलाई थुनामुक्त गर्नुपर्ने माग राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *