विराटनगर । आधा घण्टाका लागि भनेर साँढे ६ बजे स्थगित भएको कोशी प्रदेश सभा अझै सुरु हुन सकेको छैन ।
विश्वासको मत लिने क्रममा दलका नेताहरूले बोलेका विषयमा जवाफ दिन आवश्यक पर्ने तथ्याङ्क लिन भन्दै संसद् सचिवालयबाट निस्किएका मुख्यमन्त्री हिक्मत कार्की नर्फीकिएपछि संसद् सुरु हुन नसकेको हो ।
एमाले संसदीय दलको अनुरोधमा मुख्यमन्त्री आउन ढिला भएपछि संसद् सचिवालयले विशेष कारणवश स्थगन पछिको साँझ ८ बजे बैठक बस्ने सूचना टाँस गरेको थियो ।
कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६ को उपनियम (२) बमोजिम साँझ ८ बजे बैठक सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन ।
संसद् सचिवालयबाट सत्ता पक्षका अधिकांश सांसदहरू बाहिरीएका छन् । विपक्षी सांसदहरूले भने बैठक तत्काल सुचारु हुनुपर्ने बताउँदै आएका छन् ।

Leave a Reply