सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको निन्दा

काठमाडौं । नेकपा एमालेले सचिव योगेश भट्टराईमाथि इलाममा भएको अभद्र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले प्रचार विभागका सचिव गगन विष्टले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा सहभागीका लागि इलामा पुगेका सचिव भट्टराईमाथि उच्छृङ्खल व्यक्तिहरुको समूहले अभद्र व्यवहारप्रति पार्टीले निन्दा र भर्त्सना गर्ने उल्लेख गरेका छन् ।

कोशी प्रदेशमा संविधान र कानूनी व्यवस्थाअनुसार प्रदेश सभाको दुई तिहाइ बहुमतले कोशी नामकरण गरेको उल्लेख गर्दै नाममा असहमति राख्नेले केही दिनदेखि नै एमालेका नेताहरुलाई आक्रमणको प्रयास गरेको विज्ञप्तिमा भनिएको छ ।

‘प्रदेश सभाबाट गरिएको कोशी प्रदेश नामकरणको निर्णय हिंसात्मक गतिविधिबाट परिवर्तन हुनसक्दैन भन्नेतर्फ उक्त समूहलाई हाम्रो पार्टी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, हिंसात्मक गतिविधि नियन्त्रणमा देखिएको सरकारको उदासिनताप्रति गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 

Comments

4 responses to “सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको निन्दा”

  1. Amar Tumyahang Avatar
    Amar Tumyahang

    संसदमा योगेश भट्टराईले पहिचानवादीमाथि लगाएको आरोपप्रति के विचार छ ? जनताका लागि जनताका विरुद्धमा निराधार आरोप लगाउने सांसद र तिनको पक्षपोषणको प्रति हाम्रो त्यतिकै खेद छ । योगेशवाले पार्टी पश्चिम बङगालको माक्सादीको हालतमा पुग्ने दिन टाढा छैन ।

  2. Amar Tumyahang Avatar
    Amar Tumyahang

    संसदमा योगेश भट्टराईले पहिचानवादीमाथि लगाएको आरोपप्रति के विचार छ ? एमाले हत्या भएका लाजेहाङका बारेमा के विचार छ ? जनताका लागि जनताका विरुद्धमा निराधार आरोप लगाउने सांसद र तिनको पक्षपोषकप्रति जनताको त्यतिकै खेद छ । योगेश मार्काहरु र तिनका पार्टी पश्चिम बङगालको माक्सादीको हालतमा पुग्ने दिन टाढा छैन ।

  3. ksp pyl Avatar
    ksp pyl

    यस्तो गुण्डागर्दीलाई किन डण्डा लगाउँदैन सरकार ? गृहमन्त्रीलाई सुशासनको कुरा गर्न लाज लाग्नुपर्ने हो ।

  4. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    सरकारको निर्देशनमा गठबन्धन ले नेकपा एमाले र उसका नेता तथा कार्याकर्तालाई भौतिक आक्रमण गरिरहेका छन अब जस्तालाई तस्तै गर्नुपर्‍यो एमालेले पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *