ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीलाई हातपात गरेको आरोपमा वकिल पक्राउ

काठमाडौं। ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी पक्राउ परेका छन्।

ललितपुर प्रहरी परिसरले अधिवक्ता अमिर लामिछानेलाई पक्राउ गरेको हो। आफूलाई हात पात गरेको भन्दै नासु प्रेमिका तामाङले प्रहरीमा उजुरी दिएकी थिइन्।

मुद्दाको फाइल हेर्नेक्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाबी छ। तामाङको मुखमा चोट देखिएको छ।

ललितपुर प्रहरी परिसर प्रमुख सिद्धिविक्रम शाहले लामिछानेलाई पक्राउ गरिएको बताए।

‘लामिछानेले तामाङको फाँटमा पुगेर फाइल मागेर हेर्नु भएको रहेछ। तामाङले फोटो कपी गरेर हेर्नुस् भन्दा तँ तँ र मम भन्दै लामिछाने झम्टिएको र हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ’, उनले भने।

शाहका अनुसार लामिछानेले फाइल तानातान हुँदा तामाङलाई आफै चोट लागेको प्रारम्भिक बयान दिएका छन्।

उनीमाथि अभद्र व्यवहारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

One response to “ललितपुर जिल्ला अदालतकी महिला कर्मचारीलाई हातपात गरेको आरोपमा वकिल पक्राउ”

  1. जितमान गुरुङ Avatar

    कस्ताे मान्छे रहेछ महिला माथि हातपात गर्ने अनि आफै लडेर अनुहार राताे हुन्छ र अझ मुख त झन रगत जमेकाे छ । याे मान्छेलाई म भए ४ मुक्का लगाउने थियो 🤬

Leave a Reply

Your email address will not be published. Required fields are marked *